काठमाडौं । सुनसरीमा प्रहरीले एम्बुलेन्सभित्र लुकाएर राखेको ४५० किलो गाँजा बरामद गरेको छ।
प्रहरी चौकी तरहराबाट खटिएको टोलीले इटहरी उपमहानगरपालिका–२० स्थित पानीपिया जंगलको कोशी लोकमार्गमा बेवारिसे अवस्थामा रहेको एम्बुलेन्स जाँच गर्ने क्रममा प्लास्टिकका पोका बनाएर लुकाइराखेको अवस्थामा गाँजा बरामद गरेको हो।
बा २ च ९५७३ नम्बरको ‘त्रिवेणी सांस्कृतिक समूह’ लेखिएको एम्बुलेन्सभित्रबाट ४५० किलो गाँजा बरामद भएको सुनसरीका प्रहरी नायब उपरीक्षक चन्द्रबहादुर खड्काले जानकारी दिए।
बरामद गाँजा र एम्बुलेन्सलाई इलाका प्रहरी कार्यालय इटहरीमा ल्याएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रकाशित मिति: बुधबार, असोज ७, २०८३