काठमाडौं । जेनजी प्रदर्शनका क्रममा केन्द्रीय कारागार सुन्धाराबाट भागेका एक कैदीलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा ताप्लेजुङको सिदिङ्वा गाउँपालिका–२ का राजकुमार लिम्बु रहेका छन् । उनलाई इलाका प्रहरी कार्यालय दमकका प्रमुख डीएसपी हरि बस्नेत नेतृत्वको टोलीले आइतबार दमकबाटै पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डीएसपी रञ्जन अवाले जानकारी दिए ।
लिम्बु बलात्कार कसुरमा दोषी ठहर भई १८ वर्ष कैद सजाय तोकिएका व्यक्ति हुन् । उनले काभ्रेकी १२ वर्षीया बालिकामाथि बलात्कार गरेको अभियोगमा काभ्रे जिल्ला अदालतले २०७९ असार २२ गते दोषी ठहर गरेको थियो ।
उनी २०८२ भदौ २४ गते भएको जेनजी प्रदर्शनका क्रममा कारागारबाट भागेका थिए ।
पछिल्लो समय लिम्बु दमक क्षेत्रमा लुकिछिपी बस्दै आएको सूचनाका आधारमा प्रहरीले खोजी गरी पक्राउ गरेको हो ।
प्रकाशित मिति: आइतबार, असोज ४, २०८३