काठमाडौं । स्थानीय बजारमा शुक्रबार सुनचाँदीको मूल्य बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ३ हजार ६०० रुपैयाँले बढेर ३ लाख ३ हजार १०० रुपैयाँ पुगेको छ। बिहीबार छापावाल सुन प्रतितोला २ लाख ९९ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, चाँदीको मूल्य पनि प्रतितोला १५० रुपैयाँले बढेको छ। आज चाँदी प्रतितोला ४ हजार ६२५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।
प्रकाशित मिति: शुक्रबार, असोज २, २०८३