काठमाडौं । पुँजी बजार सुधारका लागि सरकारले कार्ययोजना ल्याए पनि त्यसको प्रभाव सेयर बजारमा देखिएको छैन । मंगलबार ४८.५७ अंकले बढेको नेप्से परिसूचक बुधबार २१.१९ अंकले घटेको छ ।
बुधबार नेप्से परिसूचक २६१२.४२ विन्दुमा झरेको छ । कारोबार रकमसमेत घटेर पाँच अर्ब ३८ करोड रुपैयाँमा सीमित भएको छ । मंगलबार आठ अर्ब रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको थियो ।
बजार खुलेदेखि नै करेक्सन देखिएपछि अधिकांश कम्पनीको सेयर मूल्य घटेको छ । बुधबार कारोबारमा आएका ३५० कम्पनीमध्ये २२५ कम्पनीको सेयर मूल्य घटेको छ । ४२ कम्पनीको मूल्य बढ्दा १२ कम्पनीको मूल्य स्थिर रह्यो ।
सबैभन्दा धेरै मूल्य बढ्नेमा नारायणी विकास बैंक रहेको छ । बैंकको सेयर मूल्य ६.३७ प्रतिशतले बढेको छ ।
त्यस्तै, रिजलाइन इनर्जीको सेयर मूल्य ५.२१ प्रतिशतले घटेको छ भने एनएमबी हाइब्रिड फन्डको मूल्य ७.७३ प्रतिशतले घटेको छ ।
घटेको बजारमा हिमाल दोलखा हाइड्रोपावरको सबैभन्दा धेरै कारोबार भएको छ । कम्पनीको बुधबार करिब ३७ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
प्रकाशित मिति: बुधबार, भदौ ३१, २०८३