२० माघ, काठमाडौँ । दृष्टिविहीन विश्वकप २०–२० क्रिकटमा नेपालले पहिलो जित हासिल गरेको छ । नयाँ दिल्लीमा भएको खेलमा नेपालले दक्षिण अफ्रिकालाई ६ विकेटले पराजित गरेको हो । दक्षिण अफ्रिकाले दिएको १ सय ४७ रनको लक्ष्य पछ्याएको नेपालले १७ ओभर ३ बलमा ४ विकेट गुमाएर लक्ष्य भेट्टाएको हो । नेपालका लागि सुनिल राना मगरले ३५ बलमा ३८ रन, सुनील सुवेदी क्षेत्रीले ३३ बलमा ४६ रन तथा रमेशबहादुर बानियाँले २८ बलमा २४ रन बनाए ।
पहिले ब्याटिङ गरिररहेको दक्षिण अफ्रिकाले निर्धा्रित २० ओभरमा ५ विकेटको क्षतिमा १ सय ४६ रन बनाएको थियो । दक्षिण अफ्रिकाका डोमिनिक स्कटले ३४ बलमा ३३ रन, सनवाबिले बिड्लाले ५९ बलमा ५७ रन, बुह्ले भिड्लाले २५ बलमा ३२ रन बनाएका थिए । नेपालका सुनिल रानामगरले दुई साथै कृतन श्रेष्ठले एक विकेट लिए । यसअघि नेपाल बुधबार बंगलादेशसँग ५९ रनले तथा मंगलबार अष्ट्रेलियासँग १० विकेटले हारेको थियो ।
प्रकाशित मिति: बुधबार, माघ १९, २०७३