काठमाडौँ । समाजवादी मोर्चा नेपालको घोषणा सोमबार (भोलि) गरिने भएको छ । आज बिहान बालुवाटारमा बसेको सत्ता गठबन्धनमा आबद्ध दलका नेताहरूको बैठकबाट सोमबार मोर्चा घोषणा गर्ने निर्णय गरिएको हो ।
एक नेताका अनुसार मोर्चामा चार दल रहनेछन् । समाजवादी मोर्चामा सत्तारुढ दलहरू नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी नेपाल (जसपा) र विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) रहने निश्चित भएको छ ।
समाजबादी मोर्चामा बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीका बिषयमा समाचार आएपनि बाहिर चलेका हल्लामा नबग्न समेत बाबुरामले सबैमा आग्रह गरेका थिए ।
प्रकाशित मिति: आइतबार, असार ३, २०८०