काठमाडौँ । प्रधानन्यायाधीशमा हरिकृष्ण कार्की नियुक्त भएका छन्।
राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानन्यायाधीशमा हरिकृष्ण कार्कीलाई नियुक्त गरेको राष्ट्रपतिको सचिवालयले जनाएको छ। कार्कीको शपथ ग्रहण आजै अपराह्न सवा ५ बजे हुनेछ।
संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका कायम मुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीलाई प्रधानन्यायाधीशमा अनुमोदन गर्ने निर्णय गरेको थियो ।
सिंहदरबारस्थित सुनुवाइ समितिको हलमा बिहिबार र शुक्रवार भएको सनुवाईपछि कार्कीलाई प्रधानन्यायाधीशमा अनुमोदन गर्ने निर्णय भएको हो ।
आठ महिनायता कायम मुकायम प्रधानन्यायाधीशको जिम्मेवारीमा रहेका कार्की आगामी साउन २० गते सेवा निवृत्त हुँदैछन् ।
प्रकाशित मिति: शुक्रबार, असार १, २०८०