काठमाडौँ । मुख्य सचिव डा. वैकुण्ठ अर्यालले पदभार ग्रहण गरेका छन् ।
मन्त्रिपरिषदद्वारा बिहीवार बिहान मुख्यसचिव नियुक्त गरे लगत्तै मुख्यसचिव डा. अर्यालले सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पदभार ग्रहण गरेका हुन् ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले वर्तमान मुख्यसचिव शंकरदास वैरागीको राजीनामा स्वीकृत गर्दै वरिष्ठताका आधारमा बैकुण्ठ अर्याललाई नयाँ मुख्यसचिव नियुक्त गरेको थियो।
आगामी असोजमा कार्यकाल सकिन लागेका वैरागीले कार्यकाल सकिनुअघि नै राजीनामा दिएका हुन् । राजीनामा स्वीकृत गरेर सरकारले वैरागीलाई नयाँ जिम्मेवारी प्रदान गरेको छ ।
प्रकाशित मिति: बिहीबार, जेठ ३२, २०८०