काठमाडौँ । चितवन-२ मा रवि लामिछाने विजयी भएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछाने यसअघिको आफ्नै रेकर्ड तोड्दै विजयी भएका छन् ।
चितवन-२ मा खसेको सबै ७८ हजार २७७ मत गणना सकिँदा लामिछानेले ५४ हजार १७६ मत पाउँदा काँग्रेसका जितनारायण श्रेष्ठले ११ हजार २१४ मत पाए भने एमालेका रामप्रसाद न्यौपानेले १० हजार ९३६ मत पाएका छन् ।
यसअघि मङ्सिर ४ को निर्वाचनमा पनि लामिछाने भारी मतका साथ विजयी भएका थिए । अहिले उनले मङ्सिरको चुनाको भन्दा ४ हजार ८७४ मत बढी पाएका छन् ।
प्रकाशित मिति: मंगलबार, वैशाख १२, २०८०