१३ माघ, काठमाडौँ । भारी हिमपातका कारण भारत प्रशासित कश्मीरमा १० जना भारतीय सैनिकको मृत्यु भएको छ । कश्मीरबाट २०० किलो मिटर टाढा रहेका दुइ वटा सैनिक सिबिरमा रहेका कयौ सैनिक वेपत्ता भएका छन । श्रीनगर सेनाका प्रवक्ता इएसएस एन कालियाका अनुसार हिमपात भएको क्षेत्रमा अहिले पनि मौशम निकै खराब छ । लगातार हिमपात हुदा हिउमा फसेका सैनिक र सर्वसाधारण हरुको उद्धार गर्न निकै कठिनाइ भएको छ । बुधबार पनि हिमपातका कारण कश्मिरका विभिन्न स्थानमा एक जना सैनिक अधिकारी सहित चार सर्वसाधारणको मृत्यु भएको थियो ।
प्रकाशित मिति: बुधबार, माघ १२, २०७३