काठमाडौं । कास्कीको पोखरा महानगरपालिका–१८, गैरीचौतारास्थित फेवातालमा भारतीय नम्बर प्लेटको कार खस्दा दुई जनाको मृत्यु भएको छ ।
शुक्रबार (भदौ १९) बिहान करिब ५ बजे कार फेवातालमा खसेको सशस्त्र प्रहरी बलले जनाएको छ ।
दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने दुई जनालाई सकुशल उद्धार गरिएको सशस्त्र प्रहरीले जानकारी दिएको छ ।
दुर्घटनाको कारण तथा मृतक र उद्धार गरिएका व्यक्तिको थप विवरण खुल्न बाँकी छ ।
प्रकाशित मिति: शुक्रबार, भदौ १९, २०८३