काठमाडौं । सरकारले भदौ २३ गतेलाई ‘जेनजी सहिद दिवस’ घोषणा गरेको छ ।
बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले जेनजी आन्दोलन भएको दिन भदौ २३ गतेलाई ‘जेनजी सहिद दिवस’ घोषणा गरेको सरकारका प्रवक्तासमेत रहेका शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जानकारी दिए ।
मन्त्री पोखरेलका अनुसार सो दिन देशभर सार्वजनिक बिदा दिने निर्णयसमेत मन्त्रिपरिषद्ले गरेको छ ।
प्रकाशित मिति: बिहीबार, भदौ १८, २०८३