१२ माघ, काठमाडौँ । आज सुन चाँदीको भाउ घटेको छ । सुन चाँदी व्यवसायी महासंघले सुनको भाउ तोलामा ४ सय रुपैयाँले घटेको जनाएको छ । महासंघका अनुसार बुधबार फाइन गोल्ड अर्थात ९९ दशमलव ९९ प्रतिशत शुद्धता भएको सुन ५५ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै ९९ दशमलव ५० प्रतिशत शुद्धताको स्ट्याण्डर्ड गोल्डको भाउ तोलाको ५५ हजार रुपैयाँमा झरेको छ । मंगलबार फाइन गोल्ड ५५ हजार ७ सय रुपैयाँ र स्ट्याण्डर्ड गोल्ड ५५ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो । चाँदीको भाउ पनि बुधबार तीन दिनपछि ५ रुपैयाँले घटेर तोलाको ७ सय ९५ रुपैयाँमा किनबेच भइरहेको छ । अन्तर्रा्ष्ट्रिय बजारमा नै भाउ घटेपछि नेपालमा पनि सस्तो भएको हो ।
प्रकाशित मिति: मंगलबार, माघ ११, २०७३