११ माघ, झापा । झापामा जंगली हात्तीको आक्रमणमा परीे एक बालिकासहित दुईजनाले ज्यान गएको छ । घटनापछि झापाको भद्रपुर नगरपालिका–२ अहिले शोकमग्न बनेको छ । माघ ९ गते जंगली हात्तीको आक्रमणमा परी भद्रपुर–२ निवासी ४१ वर्षीया पालमाया सुब्बाको मृत्यु भएको थियो भने सोमबार सोही ठाउँ निवासी अर्की १३ वर्षीया बालिका शर्मिला लिम्बूले पनि ज्यान गुमाएपछि भद्रपुरवासी शोकमा परेका छन ।
आइतबार मायालु सामुदायिक वनमा घाँस काट्न गएका उनीहरूलाई हात्तीले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक शैलेश थापा क्षेत्रीले जानकारी दिनुभयो । झापामा वर्षेनी हात्तीको आक्रमणमा मानवीय क्षति हुँदै आएको छ । वर्षेनी एउटै कारण मानवीय क्षति हुँदै आए पनि राज्यले ठोस कदम चाल्न सकेको छैन ।
प्रकाशित मिति: सोमबार, माघ १०, २०७३