काठमाडौं । काठमाडौंबाट मुग्लिनतर्फ बाहिरिने सवारीसाधनमध्ये पेट्रोलियम पदार्थ बोकेका र दुईपांग्रे सवारीसाधनबाहेक सबैका लागि नागढुंगा सुरुङमार्ग खुला गरिएको छ।
नागढुंगा पातले वनमा सडक भासिएपछि सवारी आवागमन प्रभावित भएको थियो। सडक विभागका अनुसार अहिले पेट्रोलियम पदार्थ बोकेका सवारीसाधन र मोटरसाइकललाई भने भासिएको स्थानबाटै एकतर्फी रूपमा आवतजावत गर्ने व्यवस्था मिलाइएको छ।
सडक विभागका अनुसार भासिएको स्थानमा प्राविधिक अध्ययन सम्पन्न भएपछि मात्र मर्मतको काम सुरु गरिनेछ। मर्मतपछि सडकलाई पूर्ण रूपमा सञ्चालनमा ल्याउने विषयमा आवश्यक छलफल भइरहेको विभागले जनाएको छ।
प्रकाशित मिति: बुधबार, भदौ १७, २०८३