काठमाडौं । सशस्त्र प्रहरी बल नेपाल नं. २ गण झापाले सीमा नाकामा ‘गोप्रो क्यामेरा’ प्रयोगमा ल्याएको छ।
सीमा क्षेत्र काँकडभिट्टामा परिचालित सशस्त्र प्रहरीको बोर्डर इन्टर्याक्सन टिम (बीआइटी) ले दुईवटा गोप्रो क्यामेरा प्रयोगमा ल्याएको हो।
यस प्रविधिको प्रयोगबाट सूचना संकलन तथा निगरानी कार्यमा थप सहयोग पुग्ने अपेक्षा गरिएको छ। कुनै घटना भएमा प्रमाण संकलन, तस्करी नियन्त्रण, सीमा सुरक्षा तथा व्यवस्थापनमा समेत सहजता हुने विश्वास गरिएको छ।
सशस्त्र प्रहरी बल नेपालले देशका मुख्य सीमा नाकाहरूमा निगरानीका लागि सीसी क्यामेरा प्रयोग गर्दै आइरहेको छ। अन्य सीमा नाकाहरूमा समेत गोप्रो क्यामरालगायत आधुनिक डिजिटल उपकरण प्रयोग गरी सुरक्षा परिचालनलाई थप प्रभावकारी बनाइने जनाइएको छ।
प्रकाशित मिति: बुधबार, भदौ १७, २०८३