काठमाडौं । रसुवाको टिमुरेस्थित भन्सार कार्यालयका अधिकृत नकुल शर्माको शव गोरखामा फेला परेको छ ।
रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि सम्पर्कविहीन भएका शर्माको शव त्रिशूली नदीको किनारमा गोरखातर्फ फेला परेको जिल्ला प्रहरी कार्यालय गोरखाका डीएसपी राजकुमार श्रेष्ठले जानकारी दिए ।
भन्सार अधिकृत शर्मा हुम्लाको ताजाकोट गाउँपालिका–२ का स्थानीय हुन् ।
पोस्टमार्टमपछि परिवारले उनको शव बुझेको प्रहरीले जनाएको छ । गोरखातर्फ पर्ने त्रिशूली नदीको तटीय क्षेत्रमा बाढीपछि हालसम्म ६५ जनाको शव फेला परेको प्रहरीले जनाएको छ।
प्रकाशित मिति: मंगलबार, भदौ १६, २०८३