१३ पाैष, काठमाडौँ । रसियाली रक्षा मन्त्रालयले आइतबार ब्ल्याक सीमा दुर्घटनाग्रसत सैनिक विमानको उडानका समयमा गतिविधि रेकर्डलाई सुरक्षीत गर्ने ‘ब्ल्याक बक्स’ मंगलबार बिहान भेटिएको बताएको छ । आइतबार रसियाबाट सिरियाका लागि ९२ यात्रुसहित उडेको विमान ब्ल्याक सीमा विस्फोट भएको र विमानमा यात्रारत सबै यात्रुको जीवित पाउने आसा नपाइएको रसियाले जनाएको छ । विमानको एउटा ब्ल्याक बक्स खासै नबिग्रिएको अवस्थामा समुद्रको सतहबाट करिब दुई किलोमिटर टाढा पानीभित्र भेटिएको जनाएको छ । मंगलबार रक्षा मन्त्रालयद्वारा एक विज्ञप्ति जारी गरी ‘फ्लाइट डाटा रेकर्डर’ लाई मस्कोस्थित मन्त्रालयको ल्याबमा ल्याइएको बताउँदै रेकर्डरमा खासै क्षति नपुगेको बताएको छ ।
प्रकाशित मिति: मंगलबार, पुस १२, २०७३