झापा । दक्षिणी झापाको नेपाल-भारत सीमा कुमरखोदमा स्वास्थ्य सहायताकक्ष (हेल्थ डेक्स) स्थापना गरिएको छ।
कोरोना भाइरसको सम्भावित संक्रमणको जोखिमप्रति सतर्कता अपनाउँदै हेल्थ डेस्क राखिएको झापा गाउँपालिकाकी उपाध्यक्ष कुन्तीदेवी बुढाथोकीले बताइन् । हेल्थ डेस्कमा अहिले २ जना स्वास्थ्यकर्मी राखिएको छ ।
कोरोना भाइरसको जोखिम र यसबाट जोगिन नेपाल-भारत दुवैतर्फका स्वास्थ्यकर्मीले संयुक्त रूपमा सचेतना कार्यक्रम गरिरहेका छन्।
स्वास्थ्य परीक्षणको क्रममा कोही शंकास्पद देखिएमा तत्काल अस्पताल पठाउने गरी पूर्वतयारी गरिएको छ।
प्रकाशित मिति: सोमबार, फागुन २६, २०७६