काठमाडौं । बुधबार मिर्गौला प्रत्यारोपण गरिएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई हिँडडुल गराउन थालिएको अस्पतालले जनाएकाे छ ।
अस्पतालले शुक्रबार पत्रकार सम्मेलन गर्दै प्रधानमन्त्रीलाई हिँडडुल गराउन थालिएको जनाएको छ । उनको भिटल तथा ल्याब सूचकहरु सामान्य अवस्थामा रहेको अस्पतालले जनाएको छ ।
प्रधानमन्त्रीलाई मिर्गौला दान गर्ने समीक्षा संग्रौलाको पनि अवस्थामा सुधार आएको र ठोस आहार दिन थालिएको शिक्षण अस्पतालका कार्यकारी निर्देशक प्रा.डा. प्रेमकृष्ण खड्गाले बताए ।

प्रकाशित मिति: शुक्रबार, फागुन २३, २०७६