काठमाडौं । आइतबार बिहान आएको बाढीले धादिङको गल्छी गाउँपालिका–४, चिरौदी खोलाको छेउमा रहेका चार घर बगाएको छ।
गल्छी गाउँपालिका–६ का वडाध्यक्ष दीपककुमार कार्कीका अनुसार बाढी बढेपछि खोलाको छेउमा रहेका चार घर बगेका हुन्। उनका अनुसार यसअघि भदौ १० गते आएको बाढीका कारण घरको तल्लो भाग चर्किएको हुन सक्ने र आजको बाढीले ती घर बगाएको हो।
“आज बिहान बाढी बढ्दा चारवटा घर बगाएको छ। भदौ १० को बाढीले तलबाट चर्काएको होला, आज चार घर बगाएको छ,” कार्कीले भने।
बाढीबाट मानवीय क्षति भने नभएको उनले जानकारी दिए।
प्रकाशित मिति: आइतबार, भदौ १४, २०८३