काठमाडौं । रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको भीषण बाढीका कारण हालसम्म ५४७ जनाको शव फेला परेको छ।
नेपाल प्रहरीले सार्वजनिक गरेको विवरणअनुसार बुधबार आएको बाढीपछि विभिन्न जिल्लामा ५४७ जनाको शव फेला परेको हो।
प्रहरीका अनुसार रसुवामा १३, नुवाकोटमा ३८, धादिङमा ४०, गोरखामा ४४, नवलपुरमा १३४, नवलपरासीमा २८, तनहुँमा २९ र चितवनमा सबैभन्दा बढी २२१ जनाको शव फेला परेको छ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बाढीपछि ९७७ जना अझै सम्पर्कविहीन छन्।
सम्पर्कविहीन हुनेमा नेपाल प्रहरीका २८, नेपाली सेनाका ४५, सशस्त्र प्रहरीका १३, भन्सार कार्यालयका १५ र अध्यागमन कार्यालयका ४ जना छन्। यस्तै, रसुवा र नुवाकोटबाट १६२ जना सम्पर्कविहीन रहेको प्राधिकरणले जनाएको छ।
प्रकाशित मिति: शुक्रबार, भदौ १२, २०८३