काठमाडौं । नेपाली सेनाले शुक्रबार बिहानयता रसुवाका बाढी प्रभावित क्षेत्रबाट ४४९ जनाको उद्धार गरेको छ।
नेपाली सेनाका अनुसार शुक्रबार दिउँसो १२ः२० बजेसम्म सेनाका हेलिकोप्टरमार्फत टिमुरे, स्याफ्रुबेँसी, मैलुङलगायत क्षेत्रबाट १७ जना विदेशी नागरिकसहित ४४९ जनाको उद्धार गरिएको हो।
बाढी प्रभावित जिल्लाहरूमा नेपाली सेनाका करिब ४ हजार ५ सयभन्दा बढी फौज परिचालन गरिएको छ।
सेनाले बाढी प्रभावित क्षेत्रमा समन्वयात्मक रूपमा घाइतेको खोज तथा उद्धार, आपत्कालीन उपचार र राहत सामग्री वितरणको काम गरिरहेको जनाएको छ।
प्रकाशित मिति: शुक्रबार, भदौ १२, २०८३