काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले प्राकृतिक विपत्तिको सामना गर्न राज्यसँग उपलब्ध स्रोतसाधनसँगै निजी क्षेत्र, राजनीतिक दल र सामाजिक संघसंस्थालाई समेत परिचालन गर्नुपर्ने बताएका छन् ।
सर्वदलीय बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै थापाले विपत्तिको समयमा सबै राजनीतिक दल एक ठाउँमा उभिएर नागरिकको खोजी, उद्धार, राहत र पुनःस्थापनामा जुट्नुपर्ने बताए ।
उनले अहिलेको मुख्य प्राथमिकता खोज, उद्धार र तत्काल राहत रहेको उल्लेख गर्दै सरकारसँग भएका स्रोतसाधनले मात्रै ठूलो प्राकृतिक विपत्तिको सामना गर्न कठिन हुने बताए ।
थापाले राजनीतिक दलका कार्यकर्तालाई पार्टीको झन्डा र पहिचानभन्दा माथि उठेर स्वयंसेवीका रूपमा उद्धार तथा राहतमा परिचालित हुन आग्रह गरे । उनका अनुसार कांग्रेससहित विभिन्न दलले आफ्ना विपद् संयन्त्र बनाएर सरकारसँग समन्वय गरी परिचालन गर्नेछन् ।
कांग्रेसले यसअघि कोभिडलगायत विपत्तिका समयमा ५० लाख रुपैयाँ सहयोग गरेको स्मरण गर्दै थापाले यसपटक त्यसभन्दा बढी सहयोग गर्ने विषयमा छलफल भइरहेको जानकारी दिए ।
उनका अनुसार पार्टीका विभिन्न संयन्त्रसँग छलफल ग
प्रकाशित मिति: बिहीबार, भदौ ११, २०८३