काठमाडौं । रसुवामा बुधबार आएको बाढीका क्रममा एक नायब सुब्बा सम्पर्कविहीन भएका छन् ।
रसुवाको तिमुरेमा रहेको प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रको कार्यालयमा कार्यरत जयेश्वर शर्मा बाढी आएपछि सम्पर्कविहीन भएको जनाइएको छ ।
शर्मासँग बाढी आएदेखि सम्पर्क हुन नसकेको भन्दै उनको अवस्थाबारे जानकारी भए तत्काल ९८४८६९०७०७ नम्बरमा सम्पर्क गरिदिन आग्रह गरिएको छ ।
उनी कृषि, वन तथा वातावरण मन्त्रालयअन्तर्गत प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्र, प्लान्ट क्वारेन्टाइन कार्यालय, तिमुरे, रसुवामा कार्यरत रहेको जनाइएको छ ।
शर्माको खोजी तथा उद्धारमा सहयोग पुग्ने गरी सूचना व्यापक रूपमा शेयर गर्नसमेत आग्रह गरिएको छ ।
प्रकाशित मिति: बिहीबार, भदौ ११, २०८३