काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले विपत्तिसँग जुध्न सबैलाई एकजुट भएर आ–आफ्नो ठाउँबाट खटिन आग्रह गरेका छन्।
रसुवामा आएको भीषण बाढीबारे छलफल गर्न प्रधानमन्त्री शाहले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक बोलाएका थिए।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकमा नेपाली सेनाका उपरथी अनुमजंग थापाले बाढी प्रभावित क्षेत्रमा भइरहेको उद्धारबारे जानकारी गराएका थिए।
छलफलका क्रममा विपक्षी दलका नेता भीष्मराज आङ्देम्बेले विपद्को समयमा सरकारले तदारुकता देखाएको भन्दै धन्यवाद दिए। उनले उद्धार तथा राहत कार्यमा कुनै कमी हुन नदिन सरकारलाई आग्रह गरे।
प्रधानमन्त्री शाहले विपद्को समयमा सबैलाई आ–आफ्नो ठाउँबाट बाढी प्रभावित क्षेत्रमा उद्धार, खोज तथा राहत कार्यमा खटिन अनुरोध गरे।
प्रकाशित मिति: बुधबार, भदौ १०, २०८३