काठमाडौं । रसुवाको टिमुरेमा रहेको प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रका कर्मचारी सम्पर्कविहीन भएका छन्।
केन्द्रमा कार्यरत आफ्ना भाइसँग सम्पर्क हुन नसकेको उनका दाजु नवराज डाँगीले बताएका छन्। उनका अनुसार टिमुरेको घटनाबारे समाचार आएपछि निरन्तर फोन सम्पर्कको प्रयास गरे पनि सम्पर्क हुन सकेको छैन।
“भाइ त्यही कार्यालयमा कर्मचारी थियो। फोन लागिरहेको छैन,” डाँगीले भने।
प्रकाशित मिति: बुधबार, भदौ १०, २०८३