श्रीलंका सरकारले सामाजिक सञ्जालमा प्रतिबन्ध लगाएको छ । अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार श्रीलंकामा फेसबकु, ट्वीटर, ह्वाट्सएप लगायत अन्य सामाजिक सञ्जालमा अस्थायी रुपमा प्रतिबन्ध लगाएको जनाइएको हो ।
केही दिनअघि इस्टर पर्वमा भएको बम आक्रमणपछि सामाजिक सञ्जालमार्फत विवाद हुँदा केही हिंसात्मक घटनासमेत भएपछि सरकारले सामाजिक सन्जालमाथि प्रतिबन्ध लगाएको हो ।
फेसबुकबाट सुरु भएको विवाद बढ्दै जाँदा मुस्लिम समुदायका व्यक्तिले चलाएका पसल स्टोरमा ढुंगा हान्नेदेखि कुटपिटसम्मका घटना भएपछि सामाजिक सञ्जाल बन्द गराइएको हो । श्रीलंकामा अहिले पनि बिभिन्न ठाउँमा हिंसात्मक घटना भइरहेका छन् । सरकारले यस्ता हल्ला फैलिन नदिन सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगायको जनाएको छ ।
श्रीलंकाको प्रमुख मोबाइल फोन अफरेटर डाइलगले आफूहरुमाथि भाइबर, इमो, स्न्यापच्याट, इन्स्टाग्राम, युट्युबलगायतका अन्य सामाजिक सञ्जाल पनि अर्को सूचना नआएसम्म बन्द गर्न निर्देशन आएको जनाएको छ ।
प्रकाशित मिति: सोमबार, वैशाख ३०, २०७६