काठमाडौं । ललितपुरको पुल्चोकस्थित मानव अधिकार आयोगको कार्यालयबाहिर धर्नामा बसेका लघुवित्त ऋणीहरू सरकारसँग १४ बुँदे सहमति भएपछि घर फर्किएका छन्।
नेपाल सरकार र ऋणीका प्रतिनिधिबीच शनिबार भदौ ६ गते भएको वार्तामा १४ बुँदे सहमति भएपछि धर्ना कार्यक्रम स्थगित गरिएको हो।
सहमति भएपछि सरकारले आइतबार बिहान साझा यातायातका बसको व्यवस्था गरी ऋणीहरूलाई आ–आफ्नो गन्तव्यतर्फ पठाएको छ।
विभिन्न सरकारी निकायका अधिकारीको उपस्थितिमा ३२३ जना ऋणीलाई ८ वटा बसमार्फत बिदाइ गरिएको थियो। झापा, मोरङ, सर्लाही, महोत्तरी, सिन्धुली, बारा, पर्सा र नवलपरासीलगायत जिल्लाका ऋणीहरूलाई घरतर्फ पठाइएको हो।