सरकारले शुक्रबार प्रस्तुत गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमबारे धेरै टीकाटिप्पणी भइरहेका छन् । सरकार समर्थकहरुले यसको स्वागत गरेका छन् भने त्यसइतरका प्राय सबैले यसलाई ‘केवल कल्पना र झुटको खेती’ भनेर टिप्पणी गरिरहेका छन् ।
यसै सेरोफेरोमा रहेर आजको न्युजले राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा. स्वर्णिम वाग्लेसँग कुरा गरेको छ । के भन्छन् त डा. वाग्ले ? उनको भनाइ जस्ताको तस्तै :
सरकारको बचाउ गर्ने नीति तथा कार्यक्रमको अब सान्दर्भिकता छैन्। नीति तथा कार्यक्रम विषयगत हुनुपर्थ्याे । विकासको एउटा भाषा हुनुपर्थ्याे । हामी कहाँ पुग्ने हो उत्प्रेरक तत्व के हो भन्ने स्पष्ट हुनुपर्थ्याे ।
स्रोत र साधन केके हुन् , बाध अड्चन,जोखिम केके आउन सक्छन् र त्यसलाई हामी के कसरी निराकरण गर्न सक्छौँ भन्ने स्पष्टता हुनुपर्थ्याे ।
त्यस्तो भए यो २१८ वटा बुँदा चाहिदैन थ्यो । पाँचवटा विषयमा मन्त्रालयगत होइन कि थिमेटिकल्ली कलस्टर गर्न सक्नुपर्थ्याे ।
पहिलो भनेको उत्पादकत्वको चुनौती । त्यहाँ कृषिका मुद्दा सान्दर्भिक हुन्थे । उत्पादन मूलक कृषिका मुद्दा पनि आउँथे । सेवा क्षेत्रका मुद्दा पनि आउँथे ।
दोस्रो श्रम शक्तिको औपचारिकीकरण । त्यहाँ सामाजिक सुरक्षाका मुद्दा आउँथे । करका मुद्दा पनि आउँथे । रोजगारीका कुरा पनि आउँथे ।
तेस्रो सन्निकटता र सहरीकरण । ६३ प्रतिशत जनसंख्या शहरमा बस्ने भइसके । ३० वर्ष अघिको ढल, बाटोले मोडलले अब हामी चल्न सक्दैनौँ । क्लाइमेट चेन्जको दुनियाँमा हरित शहरीकरणमा जानुपर्यो । तर कनेक्टिभिटी पनि महत्वपूर्ण छ ।
चौथो सामाजिक गति सामाजिक पुँजिको एजेण्डा । यसमा शिक्षा, स्वास्थ्य, सामाजिक सुरक्षका मुद्दा यो मन्त्रालयगत आवरणबाट जानुपर्दैनथ्यो हुँदैनथ्यो ।
पाँचाैँ समावेशी संघीय सुशासन कार्यान्यन पाटाहरु यसमा पर्दछन् । त्यसैले प्राथामिकीकरण पुरानै ढर्रामा त्रुटिपूर्ण तरिकाले संगालोको रुपमा आउँदा के भयो भने २१८ बुँदामा छरपष्ट, अर्को एक वर्षको नीति तथा कार्यक्रम हो २०२१ सम्मको कुरा गरिएको छ । मैले नीति तथा कार्यक्रम हेरेँ अर्को एक वर्षमा के गर्न सकिन्छ । तीव्र आर्थिक वृद्धिदर युग भनिएको छ । ध्यानपूर्वक हेर्दा अर्को आर्थिक वर्षमा सकिने योजना निकै कम छ ।
कृषि जस्तो क्षेत्रमा त झिना मसिना कुरालाई प्राथामिकता दिएर रुपान्तरणकारी मुद्दाहरु ओझेलमा परेको छ । १२ हजार प्रतिव्यक्ति आय पुर्याउने भनिएको छ । त्यसमा पहिल्यै मैले आलेचना गरेको छु । उच्च हो की न्युन आम्दानी भनेर ।
अर्को पाटो उहाहरुले उपलब्धि भनेको कुराहरु यही सरकार आएर कुनै पनि उपलब्धि गरेको छैन । पहिलेदेखि चल्दै आएका योजनाहरुलाई उपलब्धि मान्दै आउनुभएको छ । दुई तिहाइको सरकार हुँदा पनि विगतका सरकारका भन्दा थोरै नै काम भएको देखिन्छ । दुई तिहाईको सरकार श्रीपेच लगाएर बस्ने त हैन नि ।
प्रकाशित मिति: शनिबार, वैशाख २१, २०७६