अमेरिकाका राष्ट्रपति डोनाल्ट ट्रम्पले गलत ट्वीट गरेका छन् । श्रीलंकाको कोलम्बोमा आइतबार श्रृंखलावद्ध रुपमा भएको बम विष्फोटनपछि समवेदना व्यक्त गरेका उनले ट्वीट गर्दै घटनाको विवरण फरक परेको हो ।
३ वटा चर्च तथा ३ वटा फाइभस्टार होटलमा विस्फोटन हुँदा १ सय ८७ जनाले ज्यान गुमाइसकेका छन्।राजधानी कोलम्बोस्थित कोलम्बो नेसनल हस्पिटलले दिएको जानकारी अनुसार ५ सयभन्दा बढी घाइतेहरु अस्पतला भर्ना भएका छन्।
आज श्रीलंकामा ७ वटा विस्फोटमा भएको थियो। कुनै समूहले पनि यस घटनाको जिम्मा लिएको छैन। आइतबार नै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले श्रीलंका विस्फोटनको घटनामा ट्वीट गर्दै समवेदना व्यक्त गरे।
पहिलो ट्वीटमा तथ्यगत त्रुटि भयो। उनले तत्कालीन विवरण अनुसार १३८ जनाको मृत्यु लेख्नुपर्नेमा १३ करोड ८० लाखको मृत्यु भएको भन्दै अमेरिकी जनताको नेतृत्व गर्दै समवेदना प्रकट गरे। तर उनले पछि साे ट्वीट हटाएर नयाँ ट्वीट गरेका छन्।
प्रकाशित मिति: आइतबार, वैशाख ८, २०७६