काठमाडौं : भारतका प्रधानन्यायाधीश रञ्जन गोगोईमाथी पूर्व जुनियर असिस्टेन्टमाथी यौन उत्पीडन गरेको आरोप लागेको छ ।
शनिबार नै गोगाईको अध्यक्षमा अरुण मिश्रा र संजीव खन्नासहित तीन न्यायाधीशको बेञ्चमा सो आरोपबारे छलफल भएको छ ।
प्रधानन्यायाधीश गोगोईले भने आफूमाथि लागेको आरोप अस्विकार गरेका छन् । उनले आफुमाथीको आरोप न्यायालयलाई अस्थिर बनाउने ‘ठूलो षड्यन्त्र’ भएको बताए । आफूमाथि यौन उत्पीडनको आरोप लगाउने महिलाको पछाडि ठूलो शक्ति रहेको उनको दाबी छ ।
बीबीसी हिन्दीका अनुसार आरोप लगाउने महिलाले सुप्रिम कोर्टका २२ न्यायाधीशलाई चिठ्ठी पठाउँदै गोगोईमाथि यौन उत्पीडन गरेको, यसमा सहमत नभएका कारण जागिरबाट हटाएको र त्यसपछि पनि आफू तथा आफ्नो परिवारलाई अनेक उत्पीडन गरेको उल्लेख छ ।
प्रकाशित मिति: शनिबार, वैशाख ७, २०७६