वैदेशिक रोजगार विभागको तथ्याङ्कअनुसार श्रम स्वीकृति लिनेमा पुरुषको संख्या ६० हजार ४७२ अर्थात् ८५.८ प्रतिशत छ भने महिला ९ हजार ९६९ अर्थात् १४.२ प्रतिशत छन् ।
साउनमा नेपाली श्रमिकका लागि संयुक्त अरब इमिरेट्स (यूएई) सबैभन्दा प्रमुख गन्तव्य बनेको छ । यूएईका लागि १८ हजार ७८४ जनाले श्रम स्वीकृति लिएका छन् । त्यस्तै, मलेसियाका लागि १२ हजार ४९८, कतारका लागि १० हजार ३६०, साउदी अरबका लागि ८ हजार ६१३, कुवेतका लागि ४ हजार ५६७ र रोमानियाका लागि २ हजार ९०८ जनाले श्रम स्वीकृति लिएका छन् ।
जिल्लागत रूपमा धनुषाबाट सबैभन्दा बढी ३ हजार ३६८ जनाले श्रम स्वीकृति लिएका छन् । झापाबाट ३ हजार १४५, मोरङबाट २ हजार ८३५, सिराहाबाट २ हजार ६४८ र महोत्तरीबाट २ हजार ६२९ जनाले श्रम स्वीकृति लिएका छन् ।
श्रमिकको दक्षताका आधारमा ४० हजार ४९६ जना दक्ष, १७ हजार ९९९ जना अदक्ष र ११ हजार ४६५ जना अर्धदक्ष श्रमिक रहेका छन् । उच्च दक्ष १०३ र व्यावसायिक क्षेत्रमा ३७८ जनाले श्रम स्वीकृति लिएका छन् ।
कुल स्वीकृतिमध्ये २९ हजार ४४७ जनाले म्यानपावर कम्पनीमार्फत र २७ हजार ७४८ जनाले व्यक्तिगत रूपमा पुनः श्रम स्वीकृति लिएका छन् । त्यस्तै, १२ हजार ४४२ जनाले नयाँ व्यक्तिगत श्रम स्वीकृति लिएका छन् भने ७१२ जना सरकार–देखि–सरकार प्रक्रियामार्फत वैदेशिक रोजगारीमा गएका छन्।