६ चैत, काठमाडौँ । भारत उत्तर प्रदेशको २१ औँ मुख्यमन्त्री योगी आदित्यनाथले आइतबार सपथ लिएका छन । उनले आइतबार लखनउमा उत्तर प्रदेशका राज्यपालबाट सपथ लिएका हुन । योगीको सपथमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, बीजेपी अध्यक्ष अमित शाहलगायत सहभागी भएका छन । भारतीय जनता पार्टीको शनिबार बसेको संसदीय दलको बैठकले आदित्यनाथलाई मुख्य मन्त्री चयन गरेको हो । ४४ वर्षीय योगी गोरखपुर क्षेत्रबाट लोकसभा सदस्य निवर्वाचित भएका हुन् । आजै दिनेश शर्मा र केशवप्रसाद मौर्यले उप–मुख्यमन्त्रीको सपथ लिएका छन । हालै सम्पन्न प्रदेश सभा निर्वाचनमा बीजेपी गठबन्धन उत्तर प्रदेशका ४ सय ३ सिटमध्ये ३ सय २५ सिटमा विजयी भएको थियो । योगीले आजै ४६ सदस्यीय मन्त्रिमण्डल गठन गरेका छन ।
प्रकाशित मिति: शनिबार, चैत ५, २०७३