४ चैत, काठमाडौँ । अमेरिकाको सिनेटले राष्ट्रपति डोनाल्ड ट्रम्पको आरोप खारेज गरेको छ । पूर्व राष्ट्रपति बाराक ओबामा प्रशासनले ट्रम्प टावरमा फोन ट्यापिङ गरेको आरोप सिनेटले खारेज गरेको हो । सिनेटले अमेरिकामा भएको राष्ट्रपतीय चुनाव अघि वा पछि कुनै पनि फोन ट्यापिङ नभएको जनाएको छ । फोन ट्यापिङ सम्बन्धी कुनै प्रमाण नभेटिएको सिनेटले जनाएको अन्तर्रा्ष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । ट्रम्पले फोन ट्यापिङमा अलग अलग प्रविधि प्रयोग भएको दाबी गर्दै आउनु भएको छ । उहाँको यो दाबी यस अघि बाराक ओबामाले पनि खारेज गर्नु भएको थियो ।
प्रकाशित मिति: बिहीबार, चैत ३, २०७३