–सागर श्रेष्ठ
सिन्धुपाल्चोक । नेकपा माओवादी केन्द्रका नेता अग्नि सापकोटाले विश्वको सबैभन्दा शक्तिशाली हतियार भनेको शिक्षा रहेको बताउनु भएको छ । सिन्धुपाल्चोकको ठूलोसिरुवारी स्थित सेतीदेवी माध्यामिक विद्यालयको ५६ औं वार्षिक उत्सवमा बोल्दै उहाँले शिक्षाकै कारणले अमेरिका, जापान जस्ता देशहरुमा भइरहेका गतिविधि नेपालका गाउँ गाउँमा तुरुन्तै हेर्न र देख्न पाइने भएको बताउुनभयो । नेता सापकोटाले विकासको लागि सम्पूर्ण सचेत नागरिकहरु एक भएर लाग्नुपर्ने बताउनुभयो । उहाँले इतिहासमै पहिलो पटक गाउँको अधिकार गाउँमै प्रत्यायोजन भएको र आफूले गर्ने कार्यक्रमको योजनाकार गाउँकै जनता भएको बताउनुभयो । कुनैपनि हालतमा बैशाख ३१ गते स्थानीय तहको निर्वाचन हुनेमा ढुक्क रहन सबैलाई आग्रह गर्दै नेता सापकोटाले स्थानीय तहको निर्वाचनको लागि आ–आफ्नो तर्फबाट सहयोग गर्न सबैमा आग्रह गर्नुभयो ।
प्रकाशित मिति: बिहीबार, चैत ३, २०७३