३ चैत, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई अघि बढ्न अदालत बाधक देखिएको छ । ट्रमका निर्णयहरु कार्यान्वयन गर्न अदालतले रोक लगाइरहेको छ । केही मुस्लिम देशका नागरिकमाथि प्रतिवन्ध लगाउने ट्रम्पको आदेशलाई पछिल्लो पटक संघीय न्यायाधीशले रोक लगाइदिएका छन् । मुस्लिम बहुल ६ देशका नागरिकलाई अमेरिका प्रवेशमा ९० दिनसम्म रोक लगाउने राष्ट्रपति ट्रम्पको कार्यकारी आदेश बिहीबार मध्यरातबाट लागू हुने थियो । तर, हवाईका न्यायाधीशले कार्यान्वयनमा रोक लगाएका हुन् । ट्रम्पले शरणार्थीहरुमाथि भने १२० दिनको प्रतिवन्ध लगाउने चाहेका थिए । तर, हवाईका न्यायाधीशको आदेशले उनको प्रयासमा फेरि एकपटक झड्का लागेको छ । यसअघि पदभार ग्रहण गरेलगतै जनवरीमा ट्रम्पले मुस्लिम बहुल ६ देशका नागरिकमाथि लगाएको प्रतिवन्ध कार्यान्वयनमा अदालतले रोक लगाएको थियो ।
प्रकाशित मिति: बुधबार, चैत २, २०७३