२ चैत, काठमाडौँ । सडक छेउमा शौच गर्न गएका तीन बालिकाको बुधबार ट््याक्टरले किचिएर मृत्यु भएको छ । मृत्यु हुनेमा धनुषा गोठकोयलपुर–९ का सोखीलाल साफीकी तीन वर्षीया छोरी सविता साफी, श्याम साफीकी पाँच वर्षीया छोरी सञ्जिता साफी र ठेकुवा साफीकी पाँच वर्षीया छोरी प्रिया साफी रहेका छन् । धनुषा गिद्धाबेलापट्टीबाट इँट्टा लिएर आउँदै गरेको ज १ त ३६२२ नम्बरको ट््याक्टरको स्टेरिङ फेल भएर दुर्घटना हुँदा उनीहरूको मृत्यु भएको धनुषका प्रहरी नायब उपरीक्षक मनोज यादवले जानकारी दिनुभयो । प्रहरी नायब उपरीक्षक यादवका अनुसार शौच गर्न गएको बेला स्टेरिङ फेल भएर ट््याक्टर सडक छेउमा पल्टिँदा तिनैजना बालिकाको मृत्यु भएको हो । मृतकको शव परीक्षणका लागि जनकपुर अञ्चल अस्पतालमा ल्याइएको छ भने यता घटनाको विषयमा थप अनुसन्धान जारी रहेको उहाँले बताउनुभयो ।
प्रकाशित मिति: बुधबार, फागुन २५, २०७३