२८ फागुन, काठमाडाैँ । काठमाडाैँकाे बालाजुमा विप्लव माअोवादीका कार्यकर्ताले बन्द उलंघन गरेको भन्दै साझा बसमा अागजनी गरेका छन । माअोवादीका कार्यकर्ताले प्रहरीकै नजिक बसमा अागजनी गरेर भागेका छन । आगजनीबाट बा ४ ख ५६ ४८ नम्बरको बसका केही सिट जलेर नष्ट भएका छन् । नचिनेका दुई जना यात्रुका रुपमा बसमा चढी पेट्रोल छर्किएर आगजनी गरेका प्रहरीले जनाएको छ । आगजनीमा संलग्नको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: शुक्रबार, फागुन २७, २०७३