काठमाडौं । जापान विश्वका धनी राष्ट्रमध्ये एक र प्रविधिमा धेरै अघि छ । जापान हिंसात्मक घटना निकै कम हुने देशमध्ये एक पनि हो ।
तर जापान कानुनी रुपमा नै अपराध गर्ने समूह छ भन्दा तपाईलाई पत्याउन कठिन पर्न सक्छ, तर हो, जापानमा एउटा यस्तो समूह छ जसले कानुनी रुपमा नै अपराध गर्छ ।
याकुजा नाम गरेको यो समूह जापानमा निकै खतरनाक मानिन्छ । सन् २०१५ मा याकुजाको एउटा समूह यामागुची–गुमीमा फुट आएपछि जापानभरी दुई समूहको भिडन्तको त्रास छाएको थियो । याकुजा स्थापनाको एक शताब्दी भन्दा बढी समय भइसकेको छ ।
हजारौं सदस्य रहेको याकुजा समूह त्यस्तो ग्याङ्ग हो जसले जापानमा आपराधिक क्रियाकलाप गर्न कानुनी मान्यता नै पाएको छ । सन् २०१५ मा सो समूहका १३ जना शक्तिशाली सदस्यलाई निश्काशन गरेपछि आन्तरिक कलह चर्किएर विभाजन आएको थियो । जसका पक्षमा समूहका ७० जना ग्याङ लिडरहरु थिए । यो समूहमा यसरी आउने फुटले जापानमा साना ठूला ग्याङ फाइटका घटना हुने गरेका थिए ।
ग्याम्ब्लिङ, ड्रग्स सप्लाइजस्ता आपराधिक गतिविधि कानुनी मान्यता सहित याकुजाले सञ्चालन गर्ने गर्छ । सन् १९८० देखि कानुनी मान्यता पाएको यो समूहले जापान मात्रै नभएर अन्य देशमा समेत आपराधिक गतिविधि सञ्चालन गर्दैआएको छ ।
यो समूहको पहुँच जापानमा मात्रै नभएर अमेरिकासहित अन्य देशमा समेत छ । इटाली, चीनजस्ता देशमा रहेका माफिया समूहसँग यसको तुलना गरिएपनि यो अरु देशका समूहभन्दा पृथक छ ।
याकुजा समूह न्युक्लियर प्लान्टसम्म आफ्नो पहुँच भएको विश्वकै धनी समूह पनि हो । जापान सरकार वा प्रहरीले यो शक्तिशाली समूहलाई नियन्त्रण गर्ने अवस्थामा छैन ।
यति भएपनि याकुजामा को सामेल हुन्छन् भन्ने कुरा आउँछ । तर, यो समूहमा सामेल हुन निकै कठिन नियम छन् । याकुजाको सदस्य बन्न चाहनले त्यसमा आबद्ध हुनका लागि कुनै हातको एउटा औला काट्नुपर्छ भने शरीरभरी ट्याटु खोप्नै पर्छ ।
यो समूहमा लागेका सदस्यहरु आपराधिक मात्रै नभएर विभिन्न क्षेत्रमा प्रभाव देखाउने खालका पनि हुन्छन् । चलचित्र, भिडियो, टेलिभिजनलगायतमा समेत याकुजा समूहको संलग्नता पाइन्छ ।
प्रकाशित मिति: आइतबार, मंसिर २३, २०७५