ताइपेइ । ताइवानमा एउटा घटनाले यतिबेला चर्चा र विवाद जन्माएको छ । ताइवान प्रहरीले एक जना चोर समात्न गरेको खर्चका कारण चर्चा भएको हो ।
जुन घटनाले तपाईलाई पनि आश्चर्यचकित बनाउनेछ । ताइवानकी एक महिलाले आफूले ल्याएको १ सय ?पैया बराबरको दही हराएको उजुरी प्रहरीमा गरिन् । प्रहरीले चोर पत्ता लगाउने क्रममा करिब ६० हजार नेपाली पैंसा खर्च गरेको छ ।
ति महिला एउटा होस्टलमा बस्थिन् । उनले होस्टलमै बस्ने ६ जना महिलामाथि चोरीको आरोप लगाइन् । तर उनीहरूले दही चोरेको कुरा अस्वीकार गरे ।
त्यसपछि महिलाले प्रहरीमा उजुरी हालेकी थिइन् । प्रहरीले सोधपुछ गर्दा पनि होस्टलमा रहेका ६ जनाले दही खाएको अस्वीकार गरे भने दहीको प्याकेटमा ‘फिंगरप्रिन्ट’ पनि भेट्टाएन ।
सोही कारण महिलाले प्रहरीमा फोरेन्सिक परीक्षण गर्न सल्लाह दिइन् र प्रहरीले महिलाको कुरा मान्दै सबै ६ जना महिलाको डीएनए परीक्षण गरायो र आरोपीलाई पक्राउ गर्यो ।
तर डीएनए परीक्षणको प्रक्रियामा प्रहरीले एक जना बराबर ३ हजार ताइवानी डलर अर्थात करिब १० हजार नेपाली पैसा खर्च गरेको हो । ताइवानी जनताले प्रहरीले पैसाको बर्बादी गरेकोप्रति असन्तोष जनाएका छन् ।
प्रकाशित मिति: शनिबार, मंसिर २२, २०७५