२६ फागुन, काठमाडौँ । जाजरकोटमा बस दुर्घटनामा हुँदा १३ जनाको मृत्यु भएको छ । घटनास्थलबाट २६ जनाको शव फेला परेको छ । उनीहरुको सनाखत हुन सकेको छैन् । घटनास्थलमा रहेका पत्रकार सरस्वती गिरीले ३७ जना गम्भीर घाइते रहेको बताइन । उनीहरुलाई उपचारका लागि जिल्ला अस्पताल जाजरकोट पु¥याइएको छ । बिहीबार अपरान्ह ४ बजेर ४५ मिनेटमा खलंगाको बोहोरा गाउँबाट खारातर्फ जाँदै गरेको ना ३ ख २२७९ बस बोहोरा गाउँको मोडबाट पासागाड खोलामा खसेको हो । क्षमताभन्दा बढी यात्रु र तीव्र गति भएका कारण बसलाई नियन्त्रण गर्न नसकेर दुर्घटना भएको ट्राफिक प्रहरीले जनाएको छ । बस भिरबाट करिव दुई सय मिटर तल खसेको छ । घटनास्थ जिल्ला सदरमुकामबाट दुई किलोमिटरमा टाढा छ ।
प्रकाशित मिति: बुधबार, फागुन २५, २०७३