२६ फागुन, काठमाडौँ । नेपाल पत्रकार महासङ्घका अध्यक्ष डा महेन्द्र विष्टले राष्ट्रिय समाचार समितिलाई राष्ट्रकै बलियो समाचार एजेन्सी बनाउनुपर्नेमा जोड दिनुभएको छ । महासङ्घ प्रतिष्ठान शाखाको साताैँ अधिवेशन उद्घाटन गर्दै उहाँले लाई सरकारले विशेष प्राथमिकता राखेर अझ ठूलो एजेन्सीका रूपमा विस्तार गर्नुपर्ने बताउनुभएको हो । ‘ले नेपालका बारेमा राम्रा विषयवस्तुमा आधारित समाचार दिएर विश्वमा चिनाउनेखालका समाचार दिनुप¥यो”, अध्यक्ष डा.विष्टले भन्नुभयो – “सार्क र अन्तर्राष्ट्रियस्तरमा अझै सेवा विस्तार गर्नुपर्छ ।”नेपाली पत्रकारिताको विकासमा को उल्लेखनीय भूमिका रहेको उल्लेख गर्दै नयाँ परिवेशमा ले नयाँ ढङ्गले समाचार सम्प्रेषण गर्नुपर्ने धारणा उहाँले व्यक्त गर्नुभयो ।
महासङ्घले पत्रकारको पेसागत, हकहित र सामाजिक सुरक्षामा ध्यान दिएको छ भन्दै अध्यक्ष डा. विष्टले पत्रकारिता पेसा आवेशपूर्ण हुन थालेकाले संयमित भएर काम गर्न सुझाव दिनुभयो । “हामी संयमित हुन नसके दुर्घटना पनि हुन सक्ने भएकाले द्वन्द्व र विवाद बढ्ने खालका समाचार दिनुभएन ।” उहाँको भनाइ थियो । कार्यक्रममा महासङ्घका केन्द्रीय सदस्य शीतल महतोले मा कार्यरत पत्रकारको क्षमता विस्तार गर्नुपर्नेमा जोड दिनुभयो । सदस्य तथा प्रतिष्ठानका संयोजक सुरज आचार्यले को व्यवस्थापन पक्षको सुधार गर्नुुपर्ने बताउनुभयो ।
शाखा अध्यक्ष विष्णु नेपालको सभापतित्वमा सम्पन्न कार्यक्रममा का नायब महाप्रबन्धक सुरेन्द्रबहादुर नेपाली, महासङ्घका केन्द्रीय सदस्य माधव दुलाल, रोशन पुरी, का पूर्व महाप्रबन्धक श्रीरामसिंह बस्नेत, शाखाका पूर्व अध्यक्ष कृष्ण बुढाथोकी, प्रेस युनियनका अध्यक्ष नारायण घिमिरे, प्रेस चौतारीका अध्यक्ष कृष्णराज गौतमले अधिवेशनको सफलताको कामना गर्नुभएको थियो ।
प्रकाशित मिति: बुधबार, फागुन २५, २०७३