२६ फागुन, काठमाडौँ । सप्तरीको राजविराजमा भएको घटनाको विरोधमा मधेसी मोर्चासहितको संघीय गठवन्धनले बिहीबार राजधानीमा प्रदर्शन गरेको छ । प्रदर्शनमा गठवन्धनका नेता र कार्यकर्ताहरु सहभागी भएका छन् । प्रदर्शनकारीले सविधान संशोधन प्रस्ताव परिर्माजनसहित पारित गर्न र स्थानीय चुनावको घोषणा फिर्ता लिन माग गरेका छन् । घटनाको विरोधमा मोर्चाले आन्दोलनका बिभिन्न कार्यक्रमहरु गर्दै आएको छ ।
प्रकाशित मिति: बुधबार, फागुन २५, २०७३