२६ फागुन, काठमाडाैँ । भारतीय सीमा सुरक्षा बल एसएसबीको गोली लागि कञ्चनपुरमा एक नागरिकको मृत्यु भएको छ । कञ्चनपुरको सीमा क्षेत्र आनन्दबजारमा भारतीय क्षेत्र हस्तक्षेपको प्रतिरोधमा उत्रिएका नेपालीमाथि भारतीय एसएसबीले गोली चलाएका हो । गोली लागेर स्थानीय गोविन्द गौतमको मृत्यु भएको छ । कम्मरमा गोली लागेर गम्भीर घाइते भएका उनलाई धनगढीस्थित सिपी अस्पतालमा पुब्याइएको थियो । तर, चिकित्सकले मृत घोषणा गरेका छन् । एसएसबीका जवानहरुले आनन्द बजारका नेपालीलाई कुटपिट गरेको विरोधमा स्थानीयबासी प्रतिरोधमा उत्रिएका थिए । त्यसक्रममा नेपाली र भारतीयबीच झडप भएको थियो । आनन्दबजारस्थित नेपाली भूमिमा नेपालीहरुले कल्भर्ट निर्माण गर्न लाग्दा गुगल म्यापले भारतको भूमि देखाएको भन्दै एसएसबीले काम रोक्न धम्की दिएपछि विवाद सुरु भएको हो । नेपाली नागरिक माथि यति धेरै ज्यादती भएपनि आफ्नै नागरिक माथि गोली चाउन आदेश दिने प्रधानमन्त्री र गृहमन्त्रीले घटनाका सम्बन्धमा कुनै प्रतिक्रिया दिएका छन ।
प्रकाशित मिति: बुधबार, फागुन २५, २०७३