मुम्बई । मानिसले मानिसलाई बलात्कार गरेका घटनाहरु त हामीले सुन्दैपढ्दै आएका छौं । तर भारतको मुम्बईमा एउटा यस्तो घटना भएको छ, जसमा ४ जना मानिसले एउटा कुकुर (पुरुष लिंगी) माथि सामूहिक बलात्कार गरेका छन् ।
बलात्कारपछि घाइते भएको कुकुरलाई ‘एनिमल म्याटर टु मी’ नामक संस्थाले उपचारका लागि लगेपनि उपचारकै क्रममा कुकुरको मृत्यु भएको छ । उक्त संस्थाले नोभेम्बर २० मा पोष्ट गरेको फेसबुक स्टाटसअनुसार नोभेम्बर १७ मा घटना भएको हो ।
उपचारको क्रममा गरिएको अनुसन्धानबाट सो कुकुरलाई ४ जना लागूऔषध सेवन गरेका व्यक्तिले बलात्कार गरेको बुझिएको छ । बलात्कारीको पहिचान हुन सकेको छैन ।

प्रकाशित मिति: शनिबार, मंसिर ८, २०७५