बेइजिङ । चीनमा गे सेक्समा आधारित उपन्यास लेख्ने र बेच्ने एक लेखिकालाई १० वर्षको जेल सजाय सुनाइएको छ ।
लिउ नाम गरेकी लेखिकालाई अन्हुई प्रान्तको एक अदालतले गत महिना अश्लील सामग्री लेखेको र बेचेको आरोपमा जेल सुनाएको थियो ।
‘अक्युपेशन’ नामको उपन्यास पुरुष समलिंगी यौन सम्बन्धमा आधारित रहेको छ । तर लेखिकालाई दिइएको सजायको अवधि लामो भएको भन्दै सामाजिक सञ्जालमा व्यापक विरोध भएको छ ।
उनले सजाय कम गर्न माग गर्दै अदालतमा अपिल गरेकी छन् । चीनमा पोर्नोग्राफी गैरकानुनी मानिन्छ ।
उनलाई ३१ अक्टोबरमा जेल सजाय सुनाइएको भएपनि चिनियाँ सञ्चारमाध्यममा यो सातामात्रै चर्चामा आएको हो । लिउको उपन्यास अनलाईनमा समेत लोकप्रिय हुन थालेपछि प्रहरीले पक्राउ गरेको थियो ।
सरकारी समाचार संस्थटा ग्लोबल टाइम्सका अनुसार लिउको किताब ‘अक्युपेशन’ र अन्य कामुक उपन्यास ७७ हजारभन्दा बढी प्रति बिक्री भएका छन् । जसबाट उनले करिब डेढलाख युआन फाइदा गरेकी छन् ।
प्रकाशित मिति: सोमबार, मंसिर ३, २०७५