२५ फागुन, काठमाडौँ । इस्लामिक स्टेट आइएसका लडाकुले अफगानिस्तानको राजधानी काबुलमा रहेको सबैभन्दा ठूलो सैनिक अस्पतालमा आक्रमण गरेका छन् । आक्रमणमा परेर ३० जनाको ज्यान गएको छ । स्थानीय समयअनुसार बिहान ९ बजे एक आक्रमणकारीले आत्मघाती बिस्फोट गराएपछि अस्पतालमा गोलाबारी सुरु भएको स्थानीय अधिकारीलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ । डाक्टरको भेषमा आएका आक्रमणकारीले अस्पतालमा गोलाबारी गरेका हुन् । अहिले स्थिति नियन्त्रणमा आएको त्यहाँको रक्षा मन्त्रालयले जनाएको छ । त्यहाँ अझै धेरै हताहति भएको हुनसक्ने अनुमान गरिएको छ । अफगानिस्तानका राष्ट्रपति असरफ घानीले ४ सय सैयाको अस्पतालमा मानवीय संवेदनामा गम्भीर धक्का लागेको बताउनुभएको छ ।
प्रकाशित मिति: मंगलबार, फागुन २४, २०७३