इस्लामाबाद । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले छिमेकी मुलुक मलेसियाको भ्रमण गर्ने भएका छन् ।
प्रधानमन्त्री खान यही नोभेम्बर २० तारिखका दिन दुईदिने औपचारिक भ्रमणका लागि मलेसिया जान लागेको पाकिस्तानको विदेश मन्त्रालयले जनाएको छ ।
उनले भ्रमणका बेला मलेसियाका समकक्षी महाथिर मोहम्मदलाई भेट्ने मन्त्रालयद्वारा विहिबार जारी वक्तव्यमा उल्लेख छ । प्रधानमन्त्री भएपछिको उनको यो पहिलो मलेसिया भ्रमण हो । भ्रमणका क्रममा उनले देशका अन्य उच्च अधिकारीहरूसँग पनि भेटवार्ता गर्नेछन् ।
“प्रधानमन्त्री खानको भ्रमण दुई पक्षीय हित र सहकार्यका विषयमा केन्द्रित हुनेछ, नयाँ सम्भावनाहरूका विषयमा पनि उहाँहरूले छलफल गर्नुहुनेछ,” मन्त्रालयद्वारा जारी वक्तव्यमा उल्लेख छ ।
प्रकाशित मिति: बिहीबार, कात्तिक २९, २०७५