काठमाडौं । श्रीलंकाको संसदमा बिहीबार कुटाकुट भएको छ । प्रधानमन्त्री महिन्दा राजपक्षे र विक्रमसिंघेका समर्थकबीच भएको विवाद उग्र बन्दै गएपछि संसदमै झडप हुन पुगेको छ ।
झडपका क्रममा सांसदहरुले एकले अर्कालाई लात्तीदेखि मुक्कासम्मले हान्दै गरेको फुटेज टेलिभिजनहरुले देखाएका छन् ।
दलीय तनाव चर्किरहेका बेला संसद बैठक बोलाइएको थियो । झडपका क्रममा सांसद दिलुम अमुनुगाम्ना घाइते भएका छन् ।
बिहीबार बिहान संसद बैठक चलिरहँदा प्रधानमन्त्रीमा नियुक्त भएका पूर्वराष्ट्रपति महिन्दा राजपाक्षेका समर्थक सभामुखविरुद्ध उत्तेजित बनेपछि कुटाकुट सुरु भएको थियो ।
यसैबीच प्रधानमन्त्री राजपक्षेले सभामुखसँग ध्वनीमतबाट आफूलाई हटाउने अधिकार नरहेको दाबी गरेका छन् । मंगलबार संसदबाट पारित भएको अविस्वास प्रस्तावलाई लिएर उनले यो दाबी गरेका हुन् ।
राजपक्षलेले सभामुखले पक्षपातपूर्ण व्यवहार गरेको पनि आरोप लगाएका छन् । उनको अभिव्यक्तिपछि विपक्षी थप आक्रोशित बन्न पुगेको बताएको छ ।
प्रकाशित मिति: बुधबार, कात्तिक २८, २०७५